विभिन्न मुलुकबाट नेपालीलाई उद्धार गरी ल्याउने क्रम जारी
विभिन्न मुलुकमा कोभिड–१९ का कारण जोखिममा परेका नेपालीलाई नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाजले उद्धार उडान गरी स्वदेश ल्याउँदै छन् ।
नेपाल एयरलाइन्सले आइतबार कतारको दोहा, साउदी अरेबियाको रियाद र बहराइनमा चार्टर्ड उडान गर्दैछ ।
यसका लागि निगमको जहाज दोहा र रियाद उडिसकेका छन् भने बहराइनको राति ९ः०० बजे प्रस्थान गर्ने कार्यतालिका रहेको निगमले जनाएको छ ।
एयरलाइन्सले रियादबाट २४६ र दोहाबाट १४६ र तीन बालकको उद्धार उडानमार्फत स्वदेश ल्याउने बताइएको छ ।
निगमले शनिबार पनि तीन अन्तर्राष्ट्रिय उडान गरेको थियो ।
निगमले विभिन्न मुलुकमा रहेका नेपाली ल्याउन जुन १५ देखि ३० सम्म उद्धार उडानको तालिका सार्वजानिक गरिसकेको छ ।
त्यस्तै हिमालय एयरलाइन्सको पूर्वनिर्धारित तालिकाअनुसार मलेसियाको क्वालालम्पुर र पाकिस्तानको इस्लामावादबाट काठमाडौँ चार्टर्ड उडान गर्दैछ ।
एयरलाइन्सले अबुधावीबाट आज १५३ नेपाली ल्याउने बताइएको छ ।
हिमालयले आगामी चार दिनसम्म निरन्तर नौ गन्तव्य मुलुकमा चार्टर्ड उडान उडान गरी नेपाली फर्काउने कार्यतालिका बनाएको छ । कम्पनीले सोमबार पाकिस्तान, माल्दिभ्स र दोहाबाट उडान गर्नेछ ।
अगामी मङ्गलबार अबुधावी, दमाम र कुवेतबाट उडान गर्नेछ भने बुधबार आबुधावी र दोहाबाट काठामाडौँ चार्टर्ड उडान गर्ने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।