नागरिकता संशोधन विधेयकबारे यस्ता छन् कांग्रेसका फरक मत

काठमाडौं– नागरिकता संशोधन विधेयकबारे सत्तारुढ दल नेकपाले धारण सार्वजनिक गरेसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि पाँचबुँदे फरक मत राखेको छ । संसदमा छलफलमा रहेको नागरिकता ऐनमा सत्तापक्षले राखेको प्रस्तावले संविधान नै संशोधन गर्न खोजेको कांग्रेसले दाबी गरेको छ ।

नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाले अंगीकृत नागरिकता पाउन लगातार ७ वर्ष नेपालमा बस्नुपर्ने भन्दै सत्तापक्षले पेस गरेको संशोधन प्रस्तावमाथि कांग्रेसले फरकमत राखेको हो । 

नयाँ संसिवधान जारी गर्ने क्रममा अन्तरिम संविधानकै व्यवस्था कायम गर्न सहमति भएको दाबी गर्दै कांग्रेसले फरक मत राखेको हो । कांग्रेसले संघीय कानुन बनाउँदा संविधानसँग नबाझिने गरी बनाउनुपर्नेमा हाल प्रस्तावित नेपाल नागरिकता विधेयकको संशोधित व्यवस्थाले संविधान नै संशोधित हुने भन्दै यो त्रुटिपूर्ण रहेको जनाएको छ । 

कांग्रेस सांसदहरु दिलेन्द्रप्रसाद बडु, डिला संग्रौला, देवेन्द्रराज कँडेल, अमरेशकुमार सिंह, विनोद चौधरी र मीना पाण्डेले आइतबार समिति सचिवालय पुगेर पार्टीका तर्फबाट फरक मत दर्ता गराएका छन् । 





  • प्रकाशित मिति : असार ७, २०७७ आइतबार १६:३७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया