डिन नियुक्तिमा वरिष्ठता मिचिएकोमा डा. केसीको आपत्ति

काठमाडौं– त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा संस्थान (आइओएम)को डिन नियुक्तिमा वरिष्ठता मिचिएकोप्रति डा. गोविन्द केसीले आपत्ति जनाएका छन् । डिन नियुक्ति​मा अनियमितता भएको भन्दै केसी यसअघि पटक–पटक आमरण अनशन बसेका थिए । 

डा. केसीले आइतबार एक विज्ञप्ति जारी गरेर डिन नियुक्तिमा वरिष्ठता मिचिनु दुर्भाग्य भएको प्रतिक्रिया जनाउँदै यो सबैको जड प्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगाएका छन् ।

बिहीबार त्रिभुवन विश्वविद्यालय​ले वरिष्ठताको अन्तिममा रहेकी प्रधानमन्त्रीको निजी चिकित्सक डा. दिव्यासिंह शाहलाई नियुक्त गरेको थियो । केसीले विज्ञप्तिमा लामो संघर्ष गरेर वरिष्ठताका आधारमा डिन नियुक्ति गर्नुपर्छ भन्ने आफ्नो मागलाई बेवास्ता गर्दै थिती बिगार्नु दुर्भाग्य भएको उल्लेख गरेका छन् । 

डा. सिंहले पनि यसअघि आइओएमको डिन वरिष्ठताका आधारमा नियुक्त हुनुपर्छ भन्ने अभियानमा साथ दिँदै आएको, तर अहिले वरिष्ठतालाई पन्छाएर नियुक्ति खाएको भन्दै केसीले आश्चर्य प्रकट गरेका छन् । 

यस्तो बेथितिको जड केपी शर्मा ओली भएको भन्दै केसीले अब उनीविरुद्ध लड्ने चेतावनी दिएका छन् । यस्तो अभ्यासले संस्थान झनै धराशायी हुने भन्दै डा. केसीले नियुक्ति सच्याउन माग समेत गरेका छन् । 





  • प्रकाशित मिति : असार ७, २०७७ आइतबार १६:५९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया