कोरोना मैया र कोरोना देवीको पूजा तत्काल बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्‍न स्थानमा कोरोना मैया र कोरोना देवीको नाममा महिलाहरुले पूजा गर्न लागेको भन्दै यस्तो काम तत्काल बन्द गर्न आग्रह गरेको छ । 

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा बोल्दै उनले यसरी नदी किनार, धार्मिक स्थान तथा मन्दिरहरूमा भिडभाड भएर पूजा गर्दा कोरोना फैलिने झनै जोखिम बढेको बताए । 

मानिसहरुले नदी किनार र धार्मिकस्थलमा पूजा गरिरहेको खबर सुनिएको उल्लेख​ गर्दै उनले देवीको पूजा गरेर कोरोना भाइरस नियन्त्रणमा नआउने बताए । उनले भने, ‘यस्तो अन्धविश्वासले झनै जोखिम बढाउँछ, सबैले सचेत हुनुपर्छ ।’ 

एक व्यक्तिलाई संक्रमण हुँदा सबैलाई सर्ने भएकाले अबदेखि यस्तो गतिविधि नगर्न आग्रह गदै उनले संसारभरका वैज्ञानिकहरु कोरोनाको दबाइका लागि अनुसन्धानरत रहेको बताए । 





  • प्रकाशित मिति : असार ७, २०७७ आइतबार १७:१३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया