गण्डकी प्रदेशमा थपिए २० जना कोरोनाभाइरस संक्रमित

गण्डकी प्रदेशका दुई जिल्लामा थप २० जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् ।

स्याङ्जामा १२ र नवलपुरमा ८ जना संक्रमित फेला परेका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ५ सय ४० पुगेको छ ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा ८ जना पुरुष र २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ६ वर्षका बालक एक जना र सात वर्षका बालक तीन जनासमेत छन् ।

त्यसैगरी स्याङ्जाकै कालीगण्डकी गाउँपालिकामा १४ र १८ वर्षका दुई जना युवामा पनि कोरोना पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

त्यसैगरी नवलपुरको बौदिकाली गाउँपालिकामा ८ जना कोरोना संक्रमित फेला परेका छन् । उनीहरु १८ वर्षदेखि ५० वर्ष उमेर समूहका छन् ।

संक्रमित सबै सम्बन्धित जिल्लाको क्वारेन्टिनमा रहेका र सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ । उनीहरु सबै भारतबाट फर्किएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
 
 





  • प्रकाशित मिति : असार ८, २०७७ साेमबार ८:९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया