पूर्वी नवलपरासी (नवलपुर)मा थप १६ जना कोरोना संक्रमित फेला परेका छन् । जसमा बुलिङ्गटार गाउँपालिकाका १४ र गैंडाकोट नगरपालिकाका २ जना छन् ।
चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुलाई कोरोना पुष्टि भएको हो ।
यससँगै सोमबार विहानसम्ममा नवलपुरमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या २४ पुगेको छ ।
यसअघि सोमबार बिहान नै गण्डकी प्रदेशको क्षयरोग केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुरको बौदिकाली गाउँपालिकाका ८ जनामा कोरोना पुष्टि भएको थियो ।
बुलिङ्टारका १४ जना संक्रमित सबै पुरुषहरु हुन् । उनीहरु १८ देखि ४० वर्ष उमेर समूहका छन् ।
त्यस्तै गैंडाकोट नगरपालिका ३५ वर्षीय पुरुष र २८ वर्षीया महिलामासोत कोरोना देखिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।