ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

संयुक्त राज्य अमेरिकापछि कोरोनाभाइरस (कोभिड–१९)का ५० हजार सङ्क्रमितको मृत्यु हुने ब्राजिल दोस्रो राष्ट्र बनेको छ ।

विज्ञहरुले भाइरसबाट सङ्क्रमित हुने र मृतकको संख्या अझै उचाइमा पुग्नसक्ने चेताबनी दिएका छन् ।

शनिबारसम्म कोरोना सङ्क्रमितको संख्या दश लाख नाघ्दा ब्राजिलमा मृतकको संख्या ५० हजार पार गरेको हो ।

कोरोना प्रकोप नियन्त्रणमा लिन उपयुक्त कदम नचालेको भन्दै राष्ट्रपति जायर बोल्सोनारोविरुद्ध ब्राजिली सडकमा प्रदर्शन समेत सुरु भएको छ ।

आइतबार बिहान ब्राजिली स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ६४१ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ ।

उक्त संख्यासँगै ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजार ६१७ पुगेको बिबीसीले जनाएको छ । उक्त अवधिमै १७ हजार नयाँ सङ्क्रमित थपिएका छन् ।



ब्राजिलभन्दा बढी प्रभाबित अमेरिका मात्रै छन् । अमेरिकामा सङ्क्रमितको संख्या करीब २२ लाख छन् । मृत्यु हुने करीब एक लाख २० हजार बढी छन् ।



  • प्रकाशित मिति : असार ८, २०७७ साेमबार ९:२७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया