कोरोना संक्रमित भेटिएपछि मुस्ताङको तिब्बती शरणार्थी शिविर सिल

हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–१ छैरोमा रहेको तिब्बती शरणार्थी शिविरमा एक जना संक्रमित भेटिएपछि शिविरलाई आइतबारदेखि सिल गरिएको छ ।

काठमाडौंको बौद्धबाट आएर शिविरमा बसेका ८२ वर्षिय शरणार्थीमा कोरोनाभाइरस पोजेटिभ भेटिएपछि क्याम्पलाई सिल गरिएको  जिल्ला प्रशासन कार्यालय, मुस्ताङले जनाएको छ ।

काठमाडौंबाट आएपछि आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि स्वाब संकल गरेर पठाइएकोमा पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ आएपछि शनिबार रातिदेखि नै उच्च सतर्कतासहित आइतबारबाट क्याम्पलाई सिल गरिएको हो ।





  • प्रकाशित मिति : असार ८, २०७७ साेमबार १३:१२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया