भारतबाट आएको दुई दिन नबित्दै युवकले क्यारेन्टिनमै गरे आत्महत्या

बझाङको छबिस पाथीभेरा गाउँपालिकामा क्वारन्टिनमा बसेका एक युवाले आइतबार राति आत्महत्या गरेका छन् ।​

छबिस पाथीभेरा गाउँपालिका –७ स्थित मजखोरी माविको क्वारेन्टिनमा बसेका ३२ वर्षीय रमेश धामीले आत्महत्या गरेको वडा नम्बर ७ का वडाध्यक्षा पदमबहादुर मण्डेलले बताए ।

क्वारेन्टिनमा आवतजावत कोही कसैले पनि नगरुन् भन्ने उद्देश्यले डोरीको बार हालिएको थियो । सोही डोरीलाई नै लिएर धामीले क्वारेन्टाइनभित्रै झुण्डी आत्महत्या गरेका बुझिएको वडा अध्यक्ष मण्डेलको भनाइ छ ।

धामी असार ६ गते मात्रै भारतको ब्यालोरबाट घर पुगेका थिए । भारतबाट आएका धामीका श्रीमती र कान्छा छोरा भारतमा नै रहेका र उनका एक छोरा एक छोरी भने गाँउमा रहेको उनको भनाइ छ ।

के कति कारणले आत्महत्या गरे भन्ने कुरा नबुझिएको जिल्ला प्रहरी कार्यालय, बझाङका डिएसपी गणेश बमले बताए । अहिले सदरमुकाम चैनपुरबाट प्रमख जिल्ला अधिकारी कमलराज भण्डारीसहित डीएसपी गणेश बम र जिल्ला अस्पतालबाट डाक्टरसहितको टोली घटनास्थलतर्फ जाने तयारी भइरहेको डीएसपी बमले बताए । अहिले उक्त क्वारेन्टिनमा तीन जना छन् ।





  • प्रकाशित मिति : असार ८, २०७७ साेमबार १४:२४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया