समयमै मलको व्यवस्था गर्न प्रदेश सरकारको आग्रह


प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानका लागि मलको व्यवस्था गर्न संघीय सरकारको ध्यानकर्षण गराएको छ ।
मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गरी मलको व्यवस्था गर्न माग गरेको हो ।
 प्रदेश २ मा देशको कुल उत्पादनमध्ये करिब ४० प्रतिशतसम्म धान उत्पादन हुने मन्त्रालयको भनाइ छ । अहिलेसम्म करिब २० प्रतिशत धान रोपाइँ भएकाले पर्याप्त परिमाणमा डीएपी र युरिया मल आवश्यक हुने मन्त्रायलको भनाइ छ ।
देशभर वार्षिक ७ लाख मेट्रिक टन मल आवश्यक हुनेमध्ये ३ लाख मेट्रिक टन प्रदेश २ लाई मात्र चाहिने हुँदा मल आपूर्तिमा थप गम्भीरता अपनाउन विज्ञप्तिमार्फत आग्रह गरिएको छ । प्रदेश २ले मलको सहज उपलब्धताका लागि कारखाना स्थापना गर्न पनि संघीय सरकारसँग आग्रह गरेको छ ।

प्रदेश २ मा धानबालीका लागि मात्र करिब १ लाख मेट्रिक टन मल आवश्यक रहेकाले अहिले संघ सरकारले प्रदेश २ लाई उपलब्ध गराउने मल पर्याप्त नहुने विज्ञप्तिमा उल्लेख  छ । 
यसअघि संघ सरकारले बिभिन्न लटमा आपूर्ती गरेको मल प्रदेश २ मा कम आएको र अबको लटमा आउने भनिएको १२ हजार मेट्रिक टन मल प्रदेश २ मै खपत गराउने व्यवस्थाका लागि विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।





  • प्रकाशित मिति : असार ८, २०७७ साेमबार १५:७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया