एनआईसी एशिया लघुवित्तले दियो  ब्याज छुट

 

लघुवित्त बैकिङ सेवा प्रदान गर्दै आइरहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ग्राहकलाई सहुलियत दिने उद्देश्यले ब्याज छुट योजना सञ्चालन गरेको छ । 
नेपाल राष्ट्र बैंकद्वारा जारी कोभिड–१९बाट ऋणीहरूमा परेको असर न्यूनीकरण गर्ने सम्बन्धी निर्देशनको कार्यान्वयन गर्दै लघुवित्तले ब्याज छुट योजना सञ्चालन गरेको हो ।
कोभिड–१९महामारीबाट ऋणीहरूलाई परेको प्रभावको मूल्यांकन गर्दै उत्तरदायी बैकिङ अभ्यासलाई थप पार्न वित्तीय संस्थाले असार महिनाका लागि समेत कर्जाको ब्याजमा छुट दिने बताएको छ । 

वित्तीय संस्थाले ल्याएको योजनाअनुसार नेपाल राष्ट्र बैंकले निर्दिष्ट गरेको ३ प्रतिशत ब्याज छुटका अलावा यस बैंकबाट कर्जा सुविधा लिएका सम्पूर्ण ऋणीले साँवा तथा ब्याजको बक्यौता रकम २०७७ असार मसान्तसम्म चुक्ता गर्दा ब्याजदर  कम गरी न्यून १ प्रतिशत र अधिक ६ प्रतिशत छुट गरिने सुविधा दिइने बताइएको छ ।  
यस सुविधा पश्चात अधिक ब्याजदरको छुट प्राप्त गर्ने ऋणीको व्याजदर १२ प्रतिशत कायम हुनेछ । 

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरि स्थापना भएको यस एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थापना भएको छोटो समयमा नै लघुवित्त क्षेत्रमा उच्च स्थान हासिल गर्न सफल भएको कम्पनको भनाइ  छ । 
हाल कम्पनीले ३३ जिल्लामा १०५ शाखा कार्यालयहरूबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । 





  • प्रकाशित मिति : असार ८, २०७७ साेमबार १५:२३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया