नेविसंघले भन्यो– अनलाइन कक्षाको शुल्क नतिर्नू

काठमाडौं– नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेवि संघ)ले निजी शैक्षिक संस्थाले लिएको अनलाइन कक्षाको शुल्क नतिर्न अभिभावकहरुलाई आह्वान गरेको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै संघले शैक्षिक संस्था बन्द रहेको अवधिको शुल्क नतिर्न आह्वान गरेको हो ।

शिक्षा मन्त्रालयले वैशाख २२ गते अर्को निर्णय नभएसम्म कुनै पनि तहको नयाँ भर्ना नगर्न निर्देशन दिएको थियो । तर, निजी विद्यालयका छाता संगठन प्याब्सन र एनप्याब्सनले विद्यार्थी भर्ना, अनलाइन पठनपाठनका नाममा शुल्क मागेका छन् । 

यस विषयमा नेविसंघले आपत्ति जनाउँदै शुल्क नतिर्न आह्वान गरेको हो । अध्यक्ष राजीव ढुंगानाद्वारा जारी विज्ञप्तिमा सरकारको निर्देशनविपरीत प्याब्सन र एनप्याब्सनले कुन आधारमा शुल्क माग गरेका हुन् ? भनेर प्रश्न गरिएको छ । 

त्यसैगरी, सत्तारुढ नेकपानिकट अनेरास्ववियूले पनि लकडाउनको अवधि जारी रहँदासम्म कुनै पनि शीर्षकमा शुल्क नअसुल्न निजी शैक्षिक संस्थालाई आग्रह गरेको छ । अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले सोमबारै विज्ञप्ति जारी गरेर सो आग्रह गरेका हुन् ।





  • प्रकाशित मिति : असार ८, २०७७ साेमबार १८:४२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया