युभेन्टसको विजयी सुरुवात

कोरोनाभाइरस महामारीपछि पुनः सञ्चालनमा आएको इटालीयन सिरी ए फुटबलमा लिग लिडर युभेन्टसले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा उसले बोलोग्नालाई २–० गोल अन्तरले पराजित गरेको हो ।​

बोलोग्नाको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र पाउलो डिवालाले १–१  गोलको योगादान दिए ।

रोनाल्डोले खेलको २३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । बोलोग्नाका डिफेन्डरले  म्याथिज्स डि लिग्टलाई लडाएपछि युभेन्टसले पेनाल्टी पाएको थियो ।

३६ औं मिनेटमा डिवालाले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाएका थिए । 

जितसँगै युभेन्टसले एक खेल कम खेलेको दोस्रो स्थानको लाजियोसँगको अंक दुरी बढाएर ४ मा पु¥याएको छ ।

युभेन्टसले २७ खेलबाट ६६ अंक जोड्दा लाजियोले ६२ अंक जोडेको छ ।



पराजित बोलोग्ना समान खेलबाट ३४ अंक जोडेर १० औं स्थानमा यथावत छ । 

गएराति नै भएका अन्य खेलमा एसी मिलानले लिसमाथि ४–१ को सहज जित दर्ता गर्दा प्mलोरेन्टिना र बे्रस्सियाले १–१ को बराबरी खेलेका छन् । 
 



  • प्रकाशित मिति : असार ९, २०७७ मंगलबार ७:५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया