आज नेपालभरी नै मनसुनी वायुको प्रभाव रहेकाले वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
मंगलबार दिउँसो देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
त्यस्तै, राति देशभर सामान्य बदली रही सबै प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।