बझाङमा ३० वर्षीय एक युवाले क्वारेन्टिनमै आत्महत्या गरेका छन् । उनले आफू बसिरहेको छबिस पाथिभेरा गाउँपालिका –७ स्थित विद्यालयको क्वारेन्टिनमा आत्महत्या गरेका हुन् ।
उनी सोही ठाउँ (पाथिभेरा गाउँपालिका –७)का स्थानीय बासिन्दा हुन् ।
विद्यालयको एउटा अलग्गै कोठामा बसेका युवा सोमबार बिहान नउठेपछि हेर्न जाँदा झुण्डिएको अवस्थामा फेला परेको स्थानीयको भनाइ छ ।
ती युवा भारतबाट आएर गत ६ असारदेखि क्वारेन्टिनमा बसिरहेका थिए ।
मृतक युवाको स्वाब संकलन गरी पिसीआर जाँचका लागि डडेल्धुरा पठाइएको छ भने उनको सोमबार नै अन्त्येष्टि समेत गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।