कुवेतबाट १६० र कतारबाट १४५ नेपाली काठमाडौं आइपुगे

कुवेतबाट १६० जना नेपाली आज नेपाल आइपुगेका छन् । उनीहरुलाई कुवेत सरकारले नै जजिरा एअरमार्फत निःशुल्क काठमाडौंसम्म ल्याइदिएको हो ।

स्वदेश फर्किएका नेपाली सबै कुवेतमा आममाफी पाएका हुन् । आममाफी पाएका झण्डै तीन हजार नेपालीलाई कुवेत सरकारले दिनहुँ एक उडानमार्फत काठमाडौंसम्म निःशुल्क ल्याइरहेको छ ।

आममाफीमा सहभागीलाई कुवेत सरकारले नै खान र बस्नको व्यवस्था गरिरहेको छ ।

त्यस्तै कतारको दोहाबाट पनि १४५ जना नेपाली आजै स्वदेश फर्किएका छन् ।

हिमालय एयरलाइन्सको चार्टर्ड उडानमार्फत आज बिहानै नेपालीहरु स्वदेश आइपुगेका हुन् ।

कोरोनाभाइरसका कारण कतारमा विभिन्न समस्यामा परेकामध्ये दूतावासले प्राथमिकताको आधारमा १४५ जनालाई दोस्रो उडानमार्फत आज स्वदेश फर्काएको हो ।



फर्कनेमा ८४ जना पुरुष र ६१ जना महिला रहेका छन् ।



  • प्रकाशित मिति : असार ९, २०७७ मंगलबार १३:३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया