धितोपत्र बोर्डले दियो दुई कम्पनीलाई आइपिओ विक्री अनुमति


नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई आइपिओ निष्कासन तथा बिक्रीको अनुमति दिएको छ । 
बोर्डले अजोड इन्स्योरेन्स कम्पनी र साधना लघुवित्त वित्तीय संस्थालाई आइपिओ निष्कासन गर्नको अनुमति दिएको हो । 
साधना लघुवित्तले ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८ सय कित्ता आइपिओ निष्कासन गर्न लागेको हो । 
इक्रा नेपाल लिमिटेडले कम्पनीको आइपिओलाई ग्रेड ४ रेटिङ दिएको छ । यस रेटिङले कम्पनीको आधारभूत पक्ष औसतभन्दा तल रहेको बुझाउँछ ।
 आइपिओ​ बिक्रीपश्चात् कम्पनीको चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार पुग्नेछ । 
आइपिओ​ निष्काशनका लागि कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । 
त्यस्तै अजोड इन्स्योरेन्सले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । 
शेयर निष्काशनको लागि एनआइबिएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । इन्स्योरेन्सको आइपिओको प्रत्याभूति ग्लोबल आईएमई क्यापिटल र कुमारी क्यापिटलले गरेका छन् । 
इन्स्योरेन्सको चुक्तापूँजी ७० करोड रहेको छ । सर्वसाधारणलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात कम्पनीको चुक्तापूँजी १ अर्व हुनेछ । 
केयर रेटिंङस नेपालले कम्पनीको आइपिओलाई ग्रेड ४ को रेटिंङ दिएको हो ।  ग्रेड ४ ले कम्पनीको अवस्था औसतभन्दा कमजोर रहेको बताउँछ । 
त्यसैगरी, जनरल इन्स्योरेन्स कम्पनीले आइपिओ​ निष्कासनका लागि सेबोनमा आवेदन दिएको छ । 
कम्पनीले ३० लाख कित्ता आइपिओ निष्कासनका लागि आवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।





  • प्रकाशित मिति : असार ९, २०७७ मंगलबार १३:३०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया