लक्ष्मी हुन्डाईद्वारा विशेष प्याकेज घोषणा

नेपालका लागि हुन्डाईका गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले हालको माहामारीको  परिस्थितिलाई हेरेर गाडी बिक्रीमा विशेष प्याकेज सञ्चालन गरेको छ  छ।

प्याकेजअनुसार गाडी खरिद गरेको पहिलो वर्षको बैंक किस्ता ५० प्रतिशत कम्पनीले नै तिरी दिने बताइएको छ ।

योबाहेक योजनाअन्तर्गत ग्राहकले आकर्षक नगद छुट, एक वर्षको निःशुल्क बीमा, निःशुल्क सडक कर, स्पट एक्सचेन्ज  र सरल फाइनान्सको सुविधासमेत पाउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
योसँगै चार वर्षको निःशुल्क​ सर्भिसिङ र तीन वर्षको वारेन्टी सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ  ।

कोरोनाका कारण उत्पन्न चुनौतीसँग सामना गरी अघि बढ्न र हौसला प्रदान विशेष प्याकेज ल्याएको कम्पनीले जनाएको छ ।





  • प्रकाशित मिति : असार ९, २०७७ मंगलबार १५:४६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया