एनआईसी एशिया लघुवित्तको आइपिओ भोलिदेखि भर्न सकिने



एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको आइपिओ बुधवारदेखि विक्री खुला हुने भएको छ ।

लघुवित्तले ४७ लाख ५५ हजार कित्ता आइपिओ​ निष्कासन गर्न लागेको हो । जसमध्ये ७४ हजार कित्ता कर्मचारीका लागि र २ लाख ३७ हजार ८ सय कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको  छ । 
बाँकी रहेको ४४ लाख ४३ हजार २०० कित्ता सर्वसाधारणको लागि निष्कासन हुने बताइएको  छ ।
अहिलेसम्मकै ठूलो परिमाणको आइपिओ​ विक्री गर्ने लघुवित्त कम्पनी एनआईसी एशिया भएको छ ।
आइपिओ​ निष्कासन बन्द मिति छिटोमा १४ असार र ढिलोमा असार २४ तोकिएको छ । 
आइपिओ​मा आवेदकले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । 
लघुवित्तको आइपिओ विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहको छ  ।
आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि– आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

 कम्पनीले निष्कासन गर्न लागेको आइपिओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको देखाउँछ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४५ लाख रहेको छ । 





  • प्रकाशित मिति : असार ९, २०७७ मंगलबार १७:१३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया