जितसँगै बार्सिलोना पुनः शीर्ष स्थानमा

स्पेनिस ला–लिगा फुटबलअन्तर्गत गएराति भएको  खेलमा एथ्लेटिक क्लब बिल्बाओमाथि १ –० को कठिन जित निकाल्दै बार्सिलोना पुनः लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन इभान राकिटिचले गरेको एकमात्र गोल प्रर्याप्त बनेको थियो ।

पहिलो हाफ बराबरीमा सकिएको खेलमा बार्सिलोनाले दोस्रो हाफमा गोल गरेको थियो । खेलको ७१ औं मिनेटमा लियोनल मेसीको पासलाई राकिटिचले गोलमा  परिणत गरेका थिए ।

जितसँगै बार्सिलोनाले एक खेल कम खेलेको दोस्रो स्थानको रियल म्याड्रिडसँग ३ अंकको दुरी बनाएको छ ।

बार्सिलोनाले ३१ खेलबाट ६८ अंक जोड्दा रियलको ३० खेलबाट ६५ अंक छ । पराजय बेहोरेको बिल्बाओ समान खेलबाट ४२ अंकको साथमा १० औं स्थानमा छ ।

लिगअन्तर्गत गए राति नै भएका अन्य खेलमा एथ्लेटिको म्याड्रिडले लेभान्टेमाथि १–० को कठिन जित निकाल्दा रियल भालाडोलिड र गेटाफेले १–१ को बराबरी खेलेका छन् । 





  • प्रकाशित मिति : असार १०, २०७७ बुधबार ७:११:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया