Fri, 14 Aug, 2020


कैलालीमा पाँच महिने शिशुसहित ४३ जनामा कोरोनाभाइरस संक्रमण
फरकधार / असार १०, २०७७

सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा एकै दिन (मंगलबार) ५ महिने शिशुसहित थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



धनगढी प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ४६ तथा बाजुरा, कञ्चनपुर र बझाङमा १–१ जना संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका अनुसार संक्रमित एउटै वडाका ४३ जनासम्म छन् । तीमध्ये १५ जना महिला र २९ जना पुरुष रहेको रहेका छन् ।

कैलालीको गोदावरी नगरपालिकामा ५ महिने शिशुसहित ४४ जना नयाँ संक्रमित थपिएका छन् । तीमध्ये ४३ जना एउटै वडाका हुन् ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्