एनआइसी एशिया बैंकद्वारा बिमा दाबी रकम भुक्तानी

  
एनआईसी एशिया बैंकले चमत्कारिक तथा सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत दुई जना ग्राहकलाई बीमा रकम भुक्तानी गरेको छ ।
बैंकले १५ लाख प्रतिव्यक्तिका दरले ३० लाख रुपैयाँ बिमा दाबी रकम भुक्तानी गरेको हो । 
‘डायमण्ड’ श्रेणीमा चमत्कारिक बचत खाता खोलेका नवलपरासीस्थित भुमई निवासी दिपक श्रेष्ठलाई क्यान्सर रोगको उपचार वापत र सुपर चमत्कारिकमा ‘डायमण्ड’ श्रेणीको खाता खोलेका काठमाडौंस्थित बूढानीलकण्ठ निवासी वसन्तराज कुँवरको श्रीमती पूजा कुँवरलाई क्यान्सर रोगको उपचारवापत उक्त रकम भुक्तानी गरिएको बैंकले जनाएको छ । 
सुपर चमत्कारिक बचत खातामा खातावालाको साथै निजको परिवारका सदस्यका लागि पनि बीमा सुविधा उपलब्ध छ । 
श्रेष्ठलाई शिखर इन्स्योरेन्स र कुँवरलाई एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा बीमा दावी रकम बैंकले भुक्तानी गरेको हो । 
उच्च व्याजदर र विभिन्न फाइदासहितको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खातामा ग्राहक महानुभावहरूलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न अतुलनीय बीमा सुविधा प्रदान गरिएको बैंकले जनाएको छ । 

योजनाको ‘डायमण्ड’ श्रेणीको खातामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत १ लाख (अस्पताल भर्नामा रू.८० हजार र बहिरंग उपचारमा रू.२० हजार) सँगै विभिन्न निःशुल्क सुविधाहरू पाउन सकिन्छ । 
 





  • प्रकाशित मिति : असार १०, २०७७ बुधबार १५:२३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया