नेकपा स्थायी कमिटीको बैठक सकियो, आगामी  बजेट १२ असारमा


सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पाचौं स्थायी समिति बैठक साढे २ घण्टा बसेर सकिएको छ । आगामी बैठक १२ असारमा बस्ने बताइएको छ । 
पहिलो दिनको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मन्तव्य राखेपछि सकिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 
बैठकमको सुरुमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले समग्र परिस्थितिका बारेमा चर्चा गरेका थिए ।
त्यस्तै अर्का अध्यक्ष प्रचण्डले पनि वर्तमान परिस्थितिमा सरकार, पार्टी र समग्र परिस्थित र आदर्शलाई केन्द्रविन्दुमा राखेर छलफल गर्न र निष्कर्ष निकाल्नुपर्ने बताएका थिए । 
त्यसक्रममा भएका कमजोरीको पनि समीक्षा गर्न तयार हुनुपर्ने धारणा उनको थियो । 
बैठकमा महासचिव विष्णु पौडेलले अध्यक्षद्वयका तर्फबाट प्रस्तावित कार्यसूची प्रस्तुत गरेका थिए । ती कार्यसूचीमाथि स्थायी कमिटी सदस्यले थप सुझावका रुपमा राखेका थिए । 
बैठकको कार्यसूचीमा प्रारम्भवमा अध्यक्षहरुले मन्तव्य राख्ने, दोस्रो कोभिड १९ रोकथाम, सरकारका काम, पार्टी एकता तथा एमसीसी सातौंमा विविध विषय गरी कार्यसूची समेटिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

प्रत्येक ३ महिनामा बस्नुपर्ने स्थायी समिति बैठक गत पुष महिनायता बस्न सकेको थिएन । 
मुलुलकमा महत्वपूर्ण घटनाक्रम भएपनि नेकपाले पार्टी कमिटीमा छलफल गर्न सकेको थिएन । 
पार्टीमा निकै विवादित बनेको विषय अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको कम्प्याक्ट सम्झौता संसदवाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा नेताहरुबीच सहमति हुन सकेको छैन । 
पार्टीका बहुमत नेताहरु एमसीसीसँगको सम्झौता संशोधन नगरी अनुमोदन गर्न नहुने पक्षमा छन् ।
 





  • प्रकाशित मिति : असार १०, २०७७ बुधबार १६:२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया