नागरिकता दिँदा महिला र पुरुषबीच विभेदको रेखा कोर्न हुँदैनः देउवा

काठमाडौं– नेपाली पुरुषसँग विवाह गरेर आउने महिलाले सात वर्षपछि मात्रै नागरिकता पाउने गरी संसदीय समितिबाट विधेयक पारित भएसँगै सो मुद्दाले नेपाली राजनीति तरगित भएको छ । सत्ता पक्षले बहुमतको बलमा सो विधेयक पारित गराएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतले असन्तुष्टि जनाउँदै फरक मत दर्ता गराएका थिए । 

यस सन्दर्भमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली महिलासँग विवाह गरेका विदेशी पुरुषलाई पनि नागरिकता दिनुपर्ने माग राखेका छन् । नागरिकता दिँदा महिला र पुरुषबीच विभेदको रेखा कोर्न नहुने उनको तर्क छ ।   

देउवाले सामाजिक सञ्जालमार्फत नागरिकता वितरणमा लैंगिक विभेद गर्न नहुने बताएका हुन् । देउवाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘महिलालाई दोस्रो दर्जाको नागरिक बनाउने गरी ल्याइएको प्रावधान संशोधन गरी लिंगको आधारमा विभेद नहुने, अनि समानताको अवधारणा–मर्म अनुरुप नागरिकता विधेयक अघि बढाउन म सत्तारूढ नेकपासँग माग गर्दछु ।’

छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य नहुने उल्लेख गर्दै देउवाले संविधानले महिला र पुरुषबीच समानताको सुनिश्चित गरेको भनाइ राखेका छन् । 





  • प्रकाशित मिति : असार १०, २०७७ बुधबार १८:३७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया