प्रधानमन्त्रीको अहंकारले सरकार र पार्टी दुवै सकिने खतराः प्रचण्ड

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्षबीचको मतभेद बाहिरिने क्रम जारी छ । पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि पोखेका छन् । 

बुधबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा प्रचण्डले आलोपालो प्रधानमन्त्री हुने सहमतिबाट पछि हटेर गल्ती महसुस गर्न थालेको बताए । तत्कालीन माओवादी केन्द्र र नेकपा एमालेबीच एकता हुँदा सरकारको ५ वर्षे कार्यकाल दुईजनाले आलोपालो चलाउने सहमति भएको थियो । 

तर, पछि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्ण कार्यकाल आफैँले प्रधानमन्त्री चलाउने अडान लिएपछि प्रचण्डले पार्टीको कार्यकारी अध्यक्ष एकलौटी चलाउने सर्तमा आलोपालो प्रधानमन्त्रीको   मुद्दा छाडेका थिए । तर, बुधबारको बैठकमा उनले सहमति छोडेर गल्ती गरेको बताए । 

पार्टी एकता हुँदा विष्णु पौडेल र जनार्दन शर्मालाई साक्षी राखेर आफूहरुबीच पाँचवर्षे प्रधानमन्त्रीको कार्यकाल आधाआधा चलाउने सहमति भएको तर अहिले सरकारका गतिविधि देख्दा त्यो सहमति छोडेर गल्ती गरेको महसुस गर्न थालेको उनले बताए । 

विदेशमा कम्युनिष्ट पार्टीको पतन भएका​​ केही उदाहरण पेस गर्दै उनले सरकारका पछिल्ला गतिविधिले कम्युनिस्ट आन्दोलन मात्रै होइन, पार्टी पार्टी नै विघटन हुन सक्ने चिन्ता व्यक्त गरे । प्रधानमन्त्रीमा अहंकार पैदा भएको आरोप लगाउँदै उनले यस्तै अवस्था भए सरकार र पार्टी दुवै सकिने बताए ।





  • प्रकाशित मिति : असार १०, २०७७ बुधबार १८:४३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया