अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयक तत्कालका लागि रोक्ने नेकपाको निर्णय

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयक तत्कालका लागि रोक्ने निर्णय गरेको छ ।

सरकारले ल्याएको विधेयकलाई विधायन समितिले संशोधनसहित मंगलबार मात्र राष्ट्रिय सभामा पेस गरेको थियो । संशोधनअनुसार निजी क्षेत्रको अनियमिता हेर्न अख्तियारलाई अधिकार दिन सक्ने विधेयकलाई बनाइएको थियो । 

बुधबार बसेको स्थायी कमिटीको बैठकपछि अध्यक्ष प्रचण्डले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई बोलाएर अख्तियारसम्बन्धी विधेयक रोक्न निर्देशन दिएका छन् ।

सरकारले ल्याएको विधेयकले निजी क्षेत्र तहस–नहस हुन सक्ने भन्दै सम्बद्धक्षेत्रका व्यवसायीले विरोध गर्दै आएका​ थिए । कानुनविद​ले पनि सरकारले संवैधानिक आयोगको अधिकार आफ्नो हातमा लिन खोजेको आरोप लगाएका थिए । 





  • प्रकाशित मिति : असार १०, २०७७ बुधबार २०:२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया