भारतमा एकै दिन १६ हजारभन्दा बढी काेराेनाभाइरस संक्रमित

नयाँ दिल्ली भारतमा कोरोना एकदिनमा अहिलेसम्मकै बढी झन्डै १६ हजार जनामा संक्रमण पुष्टि भएको छ। भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार देशमा एकैदिन १५ हजार ९ सय ६८ जनाका संक्रमण पुष्टि भएको हो। यो पछिल्लो २४ घण्टामा भेटिएका संक्रमित हुन्।  

सोही अवधिमा भारतमा कोरोनाका कारण ४ सय ५६ जनाको मृत्यु भएको छ। योसँगै भारतमा मृतकको कूल संख्या १४ हजार ४ सय ७६ पुगेको छ भने संक्रमितको संख्या ४ लाख ५६ हजार १ सय ८३ पुगेको मन्त्रालयले जनाएको छ।  

तीमध्ये अहिलेसम्म २ लाख ५८ हजार ६ सय ८५ जना निको भएका छन्।  प्रदेशअनुसार सबैभन्दा धेरै महाराष्ट्रमा संक्रमित छन्। महाराष्ट्रमा अहिलेसम्म १ लाख ३९ हजार १० संक्रमित छन्। त्यसैगरी यहाँ अहिलेसम्म ६ हजार ५ सय ३१ जनाको मृत्यु भएको छ।

अधिकारीका अनुसार केन्द्रीय राजधानीसमेत रहेको दिल्लीमा संक्रमितको संख्या ६६ हजार ६०२ पुगेको छ। तीमध्ये २ हजार ३०१ जनाको मृत्यु भएको छ। त्यसैगरी कोरोनाबाट बढी तेस्रो प्रभावित तमिलनाडु राज्यमा ६४ हजार ६०३ जना संक्रमित भएका छन्। तीमध्ये ८ सय ३३ जनाको मृत्यु भएको छ।





  • प्रकाशित मिति : असार १०, २०७७ बुधबार २१:८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया