कोरोनाबारे पछिल्लो विश्वको अपडेट

अमेरिकी विश्वविद्यालय जोन हप्किङ्स विश्वविद्यालयका अनुसार अब विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ९३ लाख ९४ हजार पुगेको छ । अहिलेसम्म यो महामारीका कारण ४ लाख ८१ हजार मानिसले ज्यान गुमाएका छन् ।

विश्वमा अहिले अमेरिका नै सबैभन्दा बढी कोरोनाभाइरस प्रभावित देश बनेको छ । अमेरिकामा मात्रै अहिलेसम्म २३ लाख ६० हजारभन्दा बढी मानिसमा कोरोनाभाइरस संक्रमण भएको छ । त्यहाँ कोभिड १९ का कारण एक लाख २१ हजार मानिसको मृत्यु भइसकेको छ ।

ब्राजिलमा चाहिँ कोरोना ११ लाख ८८ हजार मानिसमा संक्रमण भएको छ । अनि ब्राजिलमा यसका कारण ज्यान गुमाउनेको संख्या पनि ५४ हजारभन्दा बढी भएको छ ।

गत वर्ष डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक मानिसमा देखिएको कोरोनाभाइरसका कारण रुस पनि प्रभावित भएको छ । रुसमा ६ लाखभन्दा धेरैमा कोरोना संक्रमण भएको छ । तर, रुसमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या चाहिँ अन्य देशको भन्दा कम छ । रुसमा अहिलेसम्म ८ हजार पाँच सयभन्दा धेरै कोरोना संक्रमितको कोभिड १९ का कारण मृत्यु भएको छ । 

संक्रमित व्यक्तिहरुको संख्याको आधारमा अब भारत कोरोनाभाइरसबाट प्रभावित देशको चौथौं नम्बरमा पुगेको छ । भारतमा चार लाख ५६ हजारभन्दा धेरैमा कोरोनाभाइरस संक्रमण देखिएको छ । भारतमा कोभिड १९ का कारण १४ हजार ४ सयभन्दा धेरैको मृत्यु भएको छ । 

उता, बेलायतमा चाहिँ कोरोनाबाट तीन लाख आठ हजार मानिस संक्रमित भएका छन् । त्यहाँ यसका कारण मृत्यु हुनेको संख्या ४३ हजारभन्दा बढी रहेको बताइएको छ ।





  • प्रकाशित मिति : असार ११, २०७७ बिहीबार ६:३०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया