रुकुम घटनाः वडाध्यक्षसहित २३ जनालाई थुनामा पठाउन अदालतको आदेश, युवतीकी आमालाई धरौटीमा छोडियो
घटनामा मारिएका नवराज विक ।

पश्चिम रुकुमको चौरजहारीको सोती घटनामा २३ जनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । यी २३ जनामा त्यहाँका वडाध्यक्ष पनि परेका छन् । 

प्रहरीले घटनामा संलग्न भएको भन्दै २७ जनालाई प्रतिवादी बनाएको थियो । यीमध्ये वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको हो । 

यसअघि घटनामा संलग्न भएको आशंकामा पक्राउ गरिएकी युवतीकी आमालाई चाहिँ अदालतले एक लाख धरौटीमा छोड्न आदेश दिएको छ ।

त्यस्तै, सोही ठाउँका इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दीपेन्द्र चन्द चाहिँ साधारण तारेखमा छुटेका छन् ।

यसअघि १ असारमा नै अदालतले १७ वर्षकी किशोरी र उनका भाइलाई नाबालक भएको भन्दै सुधार गृह पठाउन अदालतले आदेश दिइसकेको थियो । 

५ असारदेखि सुरु भएको थुनछेक बहस अब सकिएको छ ।



१० जेठमा जाजरकोटका नवराज विकसहित १८ जना नवराज विकको प्रेमिका भनिएकी युवतीलाई लिन चौरजहारी पुग्दा उनीहरुमाथि गाउँलेहरुले आक्रमण गरेका थिए । घटनामा नवराज विकसहित ६ जनाले ज्यान गुमाएका थिए । उनीहरु सबैको शव भेरी नदीमा पाइएको थियो ।



  • प्रकाशित मिति : असार ११, २०७७ बिहीबार ६:४४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया