कोरोनाका कारण नेपालमा थप एक मृत्यु

स्याङ्जाका एक ५५ वर्षीय पुरुषको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । उनको स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आइसियूमा उपचार भइरहेको थियो । 

अस्पतालका अनुसार उनी स्याङ्जाको सिरुवारीका हुन् । योसँगै कोरोनाका कारण स्याङ्जामा मात्रै दुई जनाले ज्यान गुमाएका छन् । अब नेपालमा कोरोनाभाइरसका कारण नेपालमा ज्यान गुमाउनेको संख्या २५ पुगेको छ ।

अस्पतालका अनुसार उनलाई ८ असारमा अस्पतालमा भर्ना गरिएको थियो । केही दिनअघि मात्र उनलाई भेन्टिलेटरमा राखिएको थियो । 





  • प्रकाशित मिति : असार ११, २०७७ बिहीबार ७:३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया