मौसम पूर्वानुमान : आज पनि देशका केही भागमा भारी वर्षा हुन सक्ने

मनसुनी वायुको प्रभावले मौसम बदली रहेकाले आज पनि देशका केही भागमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभाग नजिक रहेको र न्यूनचापीय रेखा नेपालतर्फ हुँदा मनसुन थप सक्रिय हुने मौसमविद्हरुले बताएका छन् ।

आज बिहानै प्रदेश १, २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी परेको छ । अहिले सामान्य बदली रहेको वाग्मती र गण्डकी प्रदेशका थोरै ठाउँमा दिउँसो भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज रातिसमेत प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेश तथा कर्णालीका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना छ ।

भारी वर्षापछि कोशी, नारायणीसहित शाखा नदी, कर्णाली र महाकालीमा पानीको बहाव बढ्ने भए पनि सतर्कता तहभन्दा तलै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 
 





  • प्रकाशित मिति : असार ११, २०७७ बिहीबार ९:३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया