बेलायतमा आम मानिसमा सुरु गर्न थालियो कोरोनाभाइरसको भ्याक्सिन

बेलायतमा कोरोनाभाइरसविरुद्ध बनेको भ्याक्सिन अब आम मानिसमा पनि परीक्षण गर्ने तयारी सुरु भएको छ । लन्डनको इम्पेरियल कलेजमा ३ सय मानिसमा यो ट्रायल गरिने बताइएको छ । 

इमपेरियल कलेज लन्डनमा हुने यो परीक्षणको नेतृत्व प्रोफेसर रोबिन शटोकले गर्ने भएका हुन् । 

यो भ्याक्सिनले यसअघि जनावरमा गरेको परीक्षणमा राम्रो नतिजा दिएको र अब मानिसमा पनि यसले इम्युनिटी पावर बढाउन सहयोग गर्ने भनिएको छ ।

अहिले विश्वका १ सय २० ठाउँमा कोरोनाभाइरस भ्याक्सिनको परीक्षण गर्ने तयारी भएको छ । यीमध्ये १३ ठाउँमा त कोरोनाको भ्याक्सिन क्लिनिकल ट्रायलमा पुगिसकेको छ । यीमध्ये पाँच चीन, तीन अमेरिका र दुई बेलायत, अष्ट्रेलिया, जर्मनी र रुसमा पनि कोरोना भ्याक्सिन परीक्षणको तयारी भएको छ ।





  • प्रकाशित मिति : असार ११, २०७७ बिहीबार १०:१०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया