चट्याङ लागेर सप्तरीमा चारजनाको मृत्यु

चट्याङ लागेर सप्तरीमा चार जनाको मत्यु भएको छ । आज बिहान वर्षासँगै परेको चट्याङ्ले जिल्लाका विभिन्न ठाउँमा चार जनाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय, राजविराजका अनुसार जिल्लाको महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ्ले मृत्य भएको हो ।

मृत्यु हरनेमा महदेवा गाउँपालिका वडा नम्बर २ का २७ वर्षीय बेचन यादव र ६० वर्षीय छेदी ठाकुर छन् ।

त्यस्तै, डाक्नेश्वरी नगरपालिका ९ लक्षनपट्टीकी ३० वर्षीया ललितादेबी यादव तथा राजगढ गाउँपालिका वडा नम्बर २ का ४६ वर्षीय केसी साहको पनि चट्याङ् लागेर मृत्यु भएको छ ।

त्यसैगरी, बेल्ही चपेनाकै १८ वर्षीया आशा मण्डल चट्याङ लागेर घाइते भएकी छन् ।

घरमा काम गरिरहेको अवस्थामा चट्याङ्ले घाइते भएकी उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको प्रहरीले जनाएको छ ।
 





  • प्रकाशित मिति : असार ११, २०७७ बिहीबार १०:५०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया