चीनमा फेरि बढ्न थाले कोरोना संक्रमित

गत वर्ष डिसेम्बरको अन्तिममा पहिलो पटक चीनको वुहान सहरमा कोरोनाभाइरस संक्रमण मानिसमा देखिएको थियो । चीनले लकडाउन लगाएर कोरोना संक्रमितलाई रोक्ने काम गरेको थियो । 

तर, अब फेरि चीनमा कोरोनाभाइरस संक्रमित बढ्न थालेका छन् । 

चिनियाँ राष्ट्रिय स्वास्थ्य परिषद्का अनुसार बिहीबार मात्र चीनको बेइजिङमा थप १३ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । 

स्थानीय तहमा कोरोना संक्रमण नभएको ५७ दिनपछि चीनमा यही महिनाको सुरुवातमा फेरि कोरोनाभाइरस संक्रमित भेटिन थालेका थिए । त्यहाँको एक खाद्यान्न बजारमा कोरोना संक्रमित भेटिएपछि सबैको कोरोना परीक्षण गर्न थालिएको छ । 

अब त्यहाँका अधिकारीहरुले सबैलाई घरमा नै बस्न अनुरोध गर्न थालेका छन् । तर, अहिले कोरोना संक्रमण द्रुत गतिमा नभएको पनि उनीहरुले बताएका छन् ।





  • प्रकाशित मिति : असार ११, २०७७ बिहीबार १२:१७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया