पाल्पामा थपिए ३१ कोरोनाभाइरस संक्रमित

बिहीबार पाल्पामा थप ३१ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा पाल्पाका ३१ जनामा कोरोना संक्रमण देखिएको थियो । पाल्पाकै निस्दी गाउँपालिकामा यसअघि ९३ जनामा कोरोनाभाइरस संक्रमण देखिएको थियो ।

बिहीबार दिइएको जानकारी अनुसार पाल्पाको तानसेनमा बतासेमा रहेको साइन्स क्याम्पसको क्वरेन्टिनमा बसिरहेका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै तानसेनमा पहिलो पटक कोरोनाभाइरस संक्रमित भेटिएका छन् ।

अब पाल्पामा मात्र ३ सय ७२ जनाभन्दा धेरैमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनीहरु २० वर्षदेखि ६४ वर्षसम्मका रहेका छन् ।





  • प्रकाशित मिति : असार ११, २०७७ बिहीबार १२:४६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया