सेनेगलका राष्ट्रपति क्वारेन्टिनमा

सेनेगलका राष्ट्रपति म्याकी साल १४ दिने क्वारेन्टिनमा बस्ने भएका छन् । यसअघि कोरोनाभाइरस संक्रमितको सम्पर्कमा आएकाले उनी क्वारेन्टिनमा बस्ने भएका हुन् । 

उनको परीक्षण चाहिँ नेगेटिभ आएको बताइएको छ । तर, सावधानीका लागि भए पनि उनी १४ दिने क्वारेन्टिनमा बस्ने भएका हुन् । यो उनले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन् । 

यसअघि सेनेगलकी एक सांसदले आफूलाई कोरोनाभाइरस संक्रमण देखिएको बताएकी थिइन् । 

सेनेगलमा अहिलेसम्म ६ हजार १ सय २९ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । सेनेगलमा ९३ जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : असार ११, २०७७ बिहीबार १३:२१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया