काठमाडौं– बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका तीन विधेयक प्रमाणीकरण गरेकी छिन् । नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले विधेयक प्रमाणित गरेकी हुन् ।
प्रमाणीकरण गरिएका विधेयकमा शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न विधेयक, खेलकुद विकाससम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक एवं रेडियोधर्मी पदार्थको उपयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।