चीनसँग सीमा विवाद नरहेको सरकारको दाबी

काठमाडौं– नेपाली कांग्रेसका सांसदले बुधबार चीनले नेपालका भूमि मिचेको भन्दै ती भूमि फिर्ता गर्न संसदमा संकल्प प्रस्ताव दर्ता गराएका थिए । सो सन्दर्भमा सरकारले चीनसँग नेपालको सीमा विवाद नरहेको प्रष्टीकरण दिएको छ ।

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी स्पष्टीकरण दिएको हो । परराष्ट्रले सीमा विवादसम्बन्धी समाचार कृषि तथा पशुपक्षी विकास मन्त्रालयको एक रिपोर्टका आधारमा प्रकाशन भएको तर कृषि मन्त्रालयले नै त्यस्तो प्रतिवेदन अस्तित्वमा नै नभएको बताएको दाबी गरेको छ । 

कृषि मन्त्रालयले सीमासम्बन्धी विषय आफ्नो क्षेत्राधिकारमा नपर्ने उल्लेख गरेको परराष्ट्रको विज्ञप्तिमा जनाइएको छ । हराएको भनिएको ३७ र ३८ नम्बरको सीमा स्तम्भ राख्दै नराखिएको मन्त्रालयको जवाफ छ । 

परराष्ट्रले प्राकृतिक कारणले दुई देशबीचकै सहमतिमा ती स्तम्भ नराखिएको उल्लेख गर्दै नेपाल र चीनबीचको सीमा सन् १९६१ अक्टोबर ५ मा दुई देशबीच भएको सीमा सम्झौताले निर्धारण गरेबमोजिम रहेको जनाएको छ । 

सीमा सम्बन्धी केही समस्या देखिएमा दुई देशबीचको समझदारीमा समाधान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 





  • प्रकाशित मिति : असार ११, २०७७ बिहीबार १७:४७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया