शिक्षण अनुमतिपत्रको परीक्षाफल प्रकाशित, आठ प्रतिशत मात्रै उत्तीर्ण

काठमाडौं– शिक्षक सेवा आयोगले शिक्षण अनुमतिपत्रको परीक्षाफल प्रकाशित गरेको छ । जसअनुसार प्राथमिक तहमा ५.८३ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । प्राथमिक तहको परीक्षामा सहभागी ६६ हजार ५ सय ६२ मध्ये ३ हजार ६ सय ८२ जना उत्तीर्ण भए भने ६२ हजार ८८० जना अनुत्तीर्ण भए ।

त्यस्तै निम्न माध्यमिक र माध्यमिक तहको अवस्था पनि त्यत्तिकै नाजुक छ । निमावि शिक्षक अनुमतिपत्रको परीक्षामा सहभागी एक लाख एक हजार ९ सय ८४ मध्ये पाँचहजार ७ सय ८ जना उत्तीर्ण भए । यो परीक्षामा सहभागी कुल संख्याको ५.६ प्रतिशत हो ।

मावि शिक्षक लाइसेन्सतर्फ ५६ हजार २५७ मध्ये आठ हजार ३८८ जना पास भएका छन् भने ४७ हजार ८ सय ९ जना अनुत्तीर्ण भएका छन् । 

यसअघि अंग्रेजी, गणित र विज्ञानमा धेरै परीक्षा​र्थी अनुत्तीर्ण हुने गरेका थिए । तर, शिक्षक अनुमतिपत्रको पछिल्लो परीक्षामा धेरैजसो शिक्षक सामाजिक शिक्षामा कमजोर देखिएका छन् ।





  • प्रकाशित मिति : असार ११, २०७७ बिहीबार १८:४०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया