कन्चनपुरको एक क्वारेन्टाइनमा आत्महत्याको धम्की दिएकी एक महिलामा घर गएपछि कोरोना संक्रमण भएको पुष्टि भएको जछ ।
कन्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सरस्वती माविको क्वारेन्टिनमा बसेकी महिलाले केही समयअघि घर जान पाउनु पर्ने माग गर्दै आत्महत्याको धम्कीसमेत दिएकी थिइन् ।
उनीसँगै त्यति बेला स्वाब लिएर घर पठाइएका ६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । उनीसँगै घर चाहिँ १० जना गएका थिए ।
ती महिलाले दुई साता क्वारेन्टिनमा बस्दा आफूलाई कुनै संक्रमणको लक्षण नदेखिएको र पिसिआर रिपोर्ट ढिलो आएकाले आफू घर जान पाउनु पर्ने माग गरेकी थिइन् । तर, आज आएको रिपोर्टअनुसार उनमा कोरोनाभाइरस संक्रमण देखिएको हो ।
यी महिला र आज कोरोनाभाइरस संक्रमण पुष्टि भएका अन्य ६ जना भारतबाट केही समयअघि नेपाल आएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।