ओसामा बिन लादेनलाई शहिद भने पाकिस्तानी प्रधानमन्त्रीले

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले चरमपन्थी संगठन अल कायदाका संस्थापक ओसामा बिन लादेनलाई शहिद भनेका छन् ।

बिहीबार पाकिस्तानको संसदमा आफ्नो सम्बोधनमा पाकिस्तानी प्रधानमन्त्रीले ओसामालाई यो संज्ञा दिएका हुन् । उनले भनेका छन्, ‘अमेरिकीहरुले ओसामा बिन लादेनलाई एबटाबादमा आएर मारिदिए, शहिद बनाइदिए, यसले सबै पाकिस्तानीलाई लज्जित बनाएको थियो, म पनि लज्जित भएको थिएँ ।’

उनले पूरै विश्वले आफूहरुलाई गाली गरेको विषय अहिले पनि आफूले नभुलेको बताएका छन् । 

इमरान खानले पाकिस्तानीका लागि योभन्दा खराब कुरा केही हुन नसक्ने पनि बताएका छन् । 





  • प्रकाशित मिति : असार ११, २०७७ बिहीबार २०:३५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया