सीमाबाट चीनले केही पछाडि हटायो सेना, भारतीय मिडियाले लेखे– भारतसँग झुक्यो चीन

भारत र चीनबीचको वास्तविक नियन्त्रण रेखा (एलएसी)मा जारी तनाव कम गर्ने प्रयास भइरहेको छ । यही क्रममा चीनले आफ्नो सैनिकहरुलाई गलवान क्षेत्रमा केही घटाएको छ । भारतीय समाचार एजेन्सीहरुले सूत्रको हवाला दिँदै बिहीबार यो जानकारी प्राथमिकताका साथ प्रसारण गरिरहेका छन् । 

२२ जुनमा भारतसँग भएको वार्तामा चीनले आफ्ना सेना केही पछाडि हटाउनेबारे जानकारी दिएको बताइएको छ । यही सन्दर्भमा गलवान क्षेत्रमा केही सेनाहरुलाई पछाडि हटाइएको बताइएको छ ।

भारत र चीनका शीर्ष सैन्य कमान्डरबीच सोमबार भएको बैठकमा यस्तो सहमति भएको भारतीय मिडियामा दाबी गरिएको छ ।

भारत र चीनका सेनाबीच गत साता गलवान घाँटीमा भएको झडपमा २० भारतीय सेनाको निधन भएको थियो ।

अब चिनियाँ सेना केही पछाडि हटेपछि चाहिँ भारतीय मिडियाहरुले चीन भारतसामु झुकेको भन्ने टिप्पणी गरिरहेका छन् ।





  • प्रकाशित मिति : असार ११, २०७७ बिहीबार २१:४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया