अमेरिकामा २ करोड मानिसलाई कोरोना भएको आशंका

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी)ले दुई करोडभन्दा धेरै अमेरिकीहरुलाई कोरोनाभाइरस संकटका कारण प्रभाव परेको आशंका जनाएको छ । अर्थात्, अमेरिकामा २ करोड मानिसलाई कोरोना संक्रमण भएको आशंका गरिएको हो । 

सिडिसीका निर्देशक डा. रोबर्ट रेडफिल्डले बिहीबार एक मिडियालाई भनेका छन्, ‘हामीले गरेको अनुमान यो हो कि कोरोना संक्रमित एक जना भेटिँदा ती संक्रमितबाट अन्य १० जना संक्रमित भइसकेका छन् ।’

सिडिसीले यो पनि आशंका गरेको छ कि अमेरिकामा यो महामारीको चपेटामा कयौँ युवाहरु परेका छन् । तर, यसको फाइदा के भने यसका कारण संक्रमितको मृत्यु पनि घट्न पाएको छ ।

सिडिसीले यो महामारीमा युवाहरुलाई अझ जागरुक बनाउनका लागि चाहिँ टिकटकजस्तो सामाजिक सन्जाल प्रयोग गर्ने तयारी गरेका छन् ।





  • प्रकाशित मिति : असार १२, २०७७ शुक्रबार ६:३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया