भारतविरुद्ध केन्द्रित भएर पाकिस्तान बनाउँदै छ परमाणु हतियार

भारतलाई पराजित गर्नका लागि पाकिस्तानले अहिले खतरनाक परमाणु हतियार विकास गरिरहेको भारतीय मिडियाले दाबी गरेका छन् । भारतीय मिडिया लाइभहिन्दुस्तानका अनुसार पाकिस्तानले भारत केन्द्रित आफ्नो परमाणु हतियारको काम निकै द्रुत गतिमा अगाडि बढाएको छ । 

जर्मन सरकारको रिपोर्टको हवाला दिँदै पाकिस्तानले चीनको सहयोगमा आफ्नो क्षमता बढाएको बताइएको छ । पाकिस्तानको यो काम भारत लक्षित भएको नै दाबी लाइभहिन्दुस्तानले गरेको छ ।

१६ जुन २०२० मा जारी गरिएको जर्मनीको एनुअल रिपोर्ट अफ त अफिस फर द प्रोटेक्सन अफ द कन्स्टिट्युसन फर द जर्मन स्टेट अफ बैडेन–वुर्टेमबर्गमा भनिएको छ कि पाकिस्तानसँगै इरान, उत्तर कोरिया तथा सिरियाले तीव्र गतिमा परमाणु हतियार बनाइरहेका छन् । यसमा जैविक तथा रासायनिक हतियार पनि समावेश भएको बताइएको छ ।

यसका लागि उनीहरुले जर्मनीबाट विभिन्न सामान खरिद गरिइरहेको पनि रिपोर्टमा उल्लेख गरिएको छ ।





  • प्रकाशित मिति : असार १२, २०७७ शुक्रबार ६:१५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया