खाेलाले बगाएर एक युवतीकाे मृत्यु

दैलेखमा खोला तर्ने क्रममा बगाउँदा एक युवतीको मृत्यु भएको छ । नौमूले गाउँपालिका ५ की २५ वर्षीया पविसरा शाहीको अपराह्न ३ बजेतिर खोला तर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिए । 

वडा नजीकै रहेको सामेखोला तर्ने क्रममा बगाएर उनको मृत्यु भएको हो । लगातार बर्षातसँगै खहरे ठूलो भएर आएको र तर्ने क्रममा बगाएपछि शवसमेत निकाल्न नसकिएको प्रहरीले जानकारी दिएको छ । शव खोलाको बीच ढुंगामा अड्किएको बताइएको छ ।





  • प्रकाशित मिति : असार १२, २०७७ शुक्रबार ६:३७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया