लकडाउनपछि खुलेको बजारमा सुनको मूल्य निरन्तर उकालो लागे पनि केही दिनयता सामान्य उतारचढाव देखिएको छ ।
गत बुधबार तोलामा ५ सय रुपैयाँ बढेर ९१ हजार १ सय रुपैयाँ पुगेको सुनको मूल्य शुक्रबार ५ सय रुपैयाँ घटेर कारोबार भइरहेको छ ।
शुक्रबार सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
लकडाउनपछि बजारमा सुनको मूल्य उच्च बढे पसलहरु सुनसान देखिन्छन् ।
बिहेको सिजन भए पनि गहना किन्नेहरु कम देखिन्छन् ।
यस्तै चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ वृद्धि भएको छ ।
शुक्रबार चाँदी प्रतितोला ९ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।