सवारी कर्जा सुविधा बढाउनुपर्ने व्यवसायीको माग
नेपालमै सवारी साधन  एसेम्वलिङ उद्योग खोल्न गभर्नरको सुझाव

अटोमोबाइल क्षेत्रमा व्यवसायीको  प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटघाट गरेको छ । 
नाडा अटोमोबाइल एसोसिएसन नेपालका  अध्यक्ष कृष्णप्रसाद दुलाल नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डलले गभर्नर अधिकारीसँग भेटी राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीतिले नेपालको समग्र अटोमोवाइल व्यवसायमा पार्ने प्रभाव र त्यसको समाधानबारे छलफल गरेको बताइएको छ ।
प्रतिनिधिमण्डलले गभर्नर सामु यातायात क्षेत्रका विभिन्न समस्याबारे छलफल गरेको थियो ।
निजी प्रयोजनका सवारीसाधनमा प्रवाह हुने कर्जा सीमा ५० प्रतिशतसम्म मात्र हुने व्यवस्थालाई पुनर्विचार गर्नुपर्ने नाडाको भनाइ छ ।
 यस्तो कर्जाको सीमा बृद्धि गरी ९० प्रतिशतसम्म पुर्याउनुपर्ने माग नाडाले गरेका छ । 
यस्तो व्यवस्था भएमा सवारी साधन खरिद गर्न चाहनेका लागि सहज हुने नाडाको दाबी छ । 
यस्तो व्यवस्थाले सवारी साधनको आयातमा सुधार भई राजस्व वृद्धि हुने र देशको अर्थतन्त्र पनि थप चलायमान हुने नाडाकोे विश्वास छ ।
भेटका क्रममा राष्ट्र बैंकले गरेको हायर पर्चेज लोनको वर्तमान व्यवस्था खारेज गरी नयाँ व्यवस्था गर्नसमेत नाडाले माग गरेको छ । 
अटोमोवाइल व्यवसायीलाई राहत हुने किसिमबाटै मौद्रिक नीति ल्याइने गभर्नर अधिकारीले आस्वासन दिएको नाडाको भनाइ छ ।
भेटका क्रममा गभर्नरले व्यवसायीलाई सवारी साधनहरुको एसेम्वलिङ उद्योग खोल्नेतर्फ पहल गर्न अनुरोध गरे । 
त्यसका लागि आवश्यक नीति तथा कार्यक्रमसमेत ल्याइने आश्वासन उनले दिएको व्यवसायीको भनाइ छ ।





  • प्रकाशित मिति : असार १२, २०७७ शुक्रबार १४:५६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया