साधना लघुवित्त वित्तीय संस्थाले असार २१ देखि आइपिओ विक्री खुला गर्ने भएको छ ।
कम्पनीको सेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
लघुवित्तले ७ लाख ७ हजार ८ सय कित्ता आइपिओ निष्कासन गर्न लागेको हो ।
कम्पनीको सेयरमध्ये १० हजार ८९० कित्ता कर्मचारीको लागि, ३५ हजार ३९० कित्ता सामुहिक लगानीको कोषको लागि छुट्याएको छ ।
बाँकी रहेको ६ लाख ६१ हजार ५२० कित्ता आइपिओ सर्वसाधारणका लागि विक्री खुला गरेको कम्पनीले जनाएका छ ।
आइपिओ निष्कासन बन्द छिटोमा असार २४ र ढिलोमा साउन ४ गते हुने बताइएको छ ।
सेयर आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीको प्रन्बधपत्रमा उल्लेख छ ।
कम्पनीले निष्कासन गर्न लागेको आइपिओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।
ग्रेड ४ रेटिङले कम्पनीको आधारभूत पक्ष औसतभन्दा तल रहेको देखाउँछ ।
आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तोकिएका शाखा कार्यलयहरुबाट समेत आवेदन दिन सक्नेछन् ।
हाल कम्पनीले ६० शाखा कार्यलयमार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।