दाङ– शुक्रबार मात्रै दाङमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छन् । स्वास्थ्यमन्त्रालयका अनुसार यससँगै दाङमा संक्रमितको सङ्ख्या ४५५ पुगेको छ ।
राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परीक्षणमा राजपुरका १०, शान्तिनगरका ६, तुलसीपुरका ११ र घोराहीका ३१ जनामा पोजेटिभ देखिएको हो ।
त्यसैगरी, लमहीमा तीनजना, बङ्गलाचुलीमा १० जना र राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानका तीनजनामा शुक्रबार कोरोना पुष्टि भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।