गण्डकीमा थपिए ३२ जना कोरोनाभाइरस संक्रमित, जम्मा संख्या ८३८ पुग्यो

गण्डकी प्रदेशमा आज ३२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै गण्डकीमा संक्रमितको संख्या आठ सय ३८ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान, दाङ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमित स्याङ्जा, बागलुङ र नवलपरासी पूर्वका रहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार संक्रमितमध्ये ६ जना महिला छन् भने बाँकी सबै पुरुष छन् । हुप्सेकोट गाउँपालिका र वालिङ नगरपालिकाका संक्रमित आइसोलेसनमा बसिसकेका छन्।

बाँकी सबै संक्रमितलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक डा. शर्माले बताए ।





  • प्रकाशित मिति : असार १३, २०७७ शनिबार ८:१२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया